‘माओवादी केन्द्रले क्यान्टोमेन्टको रकम हिनामिना गरेको छ’


काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रले क्यान्टोमेन्टको रकम हिनामिना गरेको आरोप लगाएका छन्।

चितवनमा दशौँ महाधिवेशनको बन्द सत्रलाई सम्बोधन गर्दै ओलीले माओवादी केन्द्रले क्यान्टोमेन्टको रकम हिनामिना गरेको आरोप लगाएका हुन्।

आफूहरुलाई झुटा आरोप लगाइरहेको बताउँदै कार्यकर्ता र लडाकुको पेट काटेर बेइमानी नगरेको ओलीले तर्क गरे। उनले नेपालमा नियन्त्रित अस्थिता लाद्न षड्यन्त्र भइरहेको बताए ।

नेकपा एमालेको नीति नै नेपालको नीति भएको दाबी गर्दै उनले नेपालको राजनीतिको सहि पहिचान नेकपा एमालले मात्रै गर्ने जिकिर गरे।

प्रतिक्रिया