प्रधानमन्त्री ओलीले गरे राजीनामाको घोषणा !


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकार दुई वर्ष चल्ने र दुई वर्ष पुग्नुभन्दा एक साता अघि नै राजीनामा दिने घोषणा गरेका छन् ।

सिंहदरबारमा मंगलबार प्रधानमन्त्री ओलीले उपप्रधानमन्त्री, मन्त्री र सचिवहरूसँग छलफल गर्दै आफ्नो नेतृत्वको सरकार दुई वर्ष चल्ने र दुई वर्ष पुग्नुभन्दा एक साता अघि नै राजीनामा दिने घोषणा गरेका हुन् ।

उनले भने, ‘मेरो नेतृत्वको सरकार २ वर्ष चल्ने हो । २ वर्ष पुग्नुभन्दा एक साता अघि नै मैले राजीनामा गरिसकेको हुन्छु । गर्छ कि गर्दैन भन्ने कुनै दुबिधा हुँदैन । त्यसपछि शेरबहादुर देउवाजीको नेतृत्वमा चुनावसम्म जाने हो । यसमा ढुक्क भए हुन्छ सरकार कुनै प्रकारको दाउपेच छिर्के लगाएर र मन्त्री बन्न होइन ठुला पार्टीले बुझेर बनाएको हो । ढल्ने त के ढलपल पनि हुँदैन ।’

प्रतिक्रिया