नेकपा एमालेका अध्यक्ष ओली र काठमाडौंका मेयर साहबीच बालकोटमा भेट


काठमाडौं – काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन) ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गरेका छन् ।

केहीदिन अघि मत परिणाम आउन बाँकी रहँदा ओलीलाई भेट्न बालेन ओली निवास बालकोट पुगेका हुन् । मेयरमा बालेनको मतान्तर बढ्दै गएसँगै पुगेका थिए ।

ओली र साहबीच केही राजनीतिक विषय र महानगरको विकासका विषयमा समेत कुराकानी भएको थियो । त्यसैगरी मेयर साहले फोहोर व्यवस्थापन गर्न आफूले बनाएका योजनाबारे समेत सुनाएका थिए ।

त्यसो त निर्वाचित भइ सोमबार शपथ ग्रहणसँगै मेयर साहले सेना प्रमुखसँग समेत भेटघाट गरेका थिए । स्वतन्त्रबाट काठमाडौंको मेयरमा जितेको साहले एमाले अध्यक्ष ओलीलाई भेट्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

प्रतिक्रिया