प्रधानमन्त्री ओलीले गरे तीन राज्यमन्त्री नियुक्त


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले तीन राज्यमन्त्री नियुक्त गरेका छन् ।

शुक्रबार तीन राज्यमन्त्री नियुक्त गरिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी गराएको छ ।

उनले नागरिक उन्मुक्ति पार्टीबाट अरुणकुमार चौधरीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री, रूपा विकलाई वन तथा वातावरण राज्यमन्त्री र पूर्णबहादुर तामाङलाई जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

विक र तामाङ कांग्रेसबाट राज्यमन्त्रीमा नियुक्त भएका हुन् ।

समानुपातिक सांसद विक कांग्रेसकी कान्छी केन्द्रीय सदस्य हुन् ।

प्रतिक्रिया