नेपाल प्रहरीका तीन डिआईजीको एक्कासी सरुवा, लुम्बिनीमा अधिकारी


काठमाडौं – नेपाल प्रहरीका तीन जना प्रहरी नायब महानिरीक्षक (डिआईजी)को सरुवा भएको छ। प्रहरी प्रधान कार्यालयले डिआईजीत्रय मुकुन्द आचार्य, प्रकाश अधिकारी र वसन्त लामाको सरुवा गरेको हो।

कार्य सम्पादनमा अति नै कमजोर रहेको भन्दै लुम्बिनी प्रदेशमा रहेका आचार्यलाई हटाएर अधिकारीलाई पठाइएको छ। यसअघि अधिकारी प्रहरी प्रधान कार्यालय मातहत प्रबन्ध शाखामा थिए।

अधिकारीको ठाउँमा डिआईजी लामाका सरुवा भएको छ। लामा यसअघि प्रहरी महानिरीक्षकको सचिवलायमा कार्यरत थिए। लुम्बिनी प्रदेशका डिआईजी आचार्यको लागूऔषध नियन्त्रण ब्यूरो, कोटेश्वर सरुवा भएको छ।

प्रतिक्रिया