अन्ततः सर्वोच्चका ५ न्यायाधीश भोलीदेखि नै फर्कने भए नियमित काममा


काठमाडौं – प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्धको न्यायाधीश र कानुन व्यवसायीको आन्दोलनमा फाटो देखिन थालेको छ ।

प्रधानन्यायाधीश राणाले तोकेका इजलास तीन साताभन्दा बढीदेखि बहिस्कार गर्दै आएका सर्वोच्चका १९ न्यायाधीशमध्ये ५ न्यायाधीश काममा फर्कने भएसँगै राणाविरुद्धको धर्नामा उत्रिएकाहरूबीचको फाटो बाहिर देखिएको हो ।

पछिल्ला दिनमा विरोध कार्यक्रममा सहभागीको संख्या कम भईरहेको र प्रधानन्यायाधीश जबराको सर्वोच्च प्रवेशमा सहजता भएसँगै धर्नाकारीमा फाटो देखिएको अनुमान गरिएको थियो ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको राजीनामा माग गर्दै विगत अघिल्लो सातादेखि इजलाश बहिस्कार गर्दै आएका ५ न्यायाधीशले अन्य न्यायाधीशसँगको सहकार्यलाई तोड्ने भएका छन् ।

सर्वोच्चका १९ न्यायाधीशमध्ये तेजबहादुर केसी, बमकुमार श्रेष्ठ, कुमार रेग्मी, मनोजकुमार शर्मा र कुमार चुडालले मंगलबारदेखि नियमित काममा फर्किने निर्णय गरेको स्रोतले बताए ।

प्रतिक्रिया