
यी १८ सई भए बरिष्ठ सईका लागि बढुवा सिफारिस
काठमाडाैं – नेपाल प्रहरीको प्राविधिक प्रहरी समूहअन्तर्गत इन्जिनियरिङ उपसमूह, सञ्चारतर्फका १८ जना प्रहरी नायव निरीक्षक वरिष्ठ नायव निरीक्षक पदमा बढुवाका लागि सिफारिस भएका छन् ।
नेपाल प्रहरी प्रधान कार्यालयको बढुवा समितिले २०८३ असोज २८ गते गरेको निर्णयअनुसार बढुवाका लागि सिफारिस सूची सार्वजनिक गरेको हो।
प्रहरी नियमावली, २०७१ को नियम २७ को उपनियम (४) बमोजिम सञ्चारतर्फका प्रहरी नायव निरीक्षकहरूलाई वरिष्ठ नायव निरीक्षक पदमा बढुवाका लागि सिफारिस गरिएको हो।
बढुवा सिफारिस हुनेमा इन्जिनियरिङ सञ्चारतर्फ कृष्णराज रोकाया, विजयनाथ यादव, नरबहादुर खड्का, प्रितम कुमार अधिकारी, विष्णुप्रसाद ढकाल, धनपति बिमली, हरीकुमार श्रेष्ठ, नवीन मण्डल, श्यामसुन्दर झा, कमलकुमार मगर, कुमार बस्नेत, जिवलाल सुवेदी, इन्द्रप्रसाद न्यौपाने, नगेन्द्रबहादुर भण्डारी रहेका छन् ।
त्यसैगरी आवास तथा भौतिक उपसमूहका अनुष्का गुरुङ, देवेन्द्र यादव र विनोदकुमार शर्मा रहेका छन् । त्यस्तै सूचनाप्रविधि कम्प्युटरतर्फ अमनकुमार डिसी पनि बढुवाका लागि सिफारिस भएका छन् ।



कागजपत्र |
