‘प्रधानन्यायाधीश राणालाई सर्वाेच्च अदालत प्रवेशमा राेक लगाउने’


काठमाडौं – नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सर्वोच्च अदालत प्रवेशमा रोक लगाउने घोषणा गरेको छ।

बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले शुक्रबार १० बजे अधिवक्ताहरू अदालतमा उपस्थित भएर जबरालाई अदालत प्रवेश गर्न रोक्ने बताएका हुन्।

प्रधानन्यायाधीशविरूद्ध बारले गरेको आन्दोलनका क्रममा आज प्रहरीले हस्तक्षेप गरेको थियो। सर्वोच्च अदालतमा वकिल र प्रहरीबीच भएको झडपमा बारका महासचिव लीलामणि पौडेलसहित ६ जना घाइते भएका थिए।

शुक्रबारबाट आन्दोलनको स्वरूप फेरिने सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यले बताए। प्रधानन्यायाधीशको भौतिक उपस्थिति रोक्न उपत्यकालगायतका कानुन व्यवसायीलाई परिचालन गर्ने उनले बताए।

प्रतिक्रिया