सर्वोच्चमा आज पनि तोकियो १७७ मुद्दाका पेसी


काठमाडौं – सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आज (बिहीबार) का लागि पनि १ सय ७७ मुद्दाको पेशी तोकका छन् ।

सर्वोच्च अदालतका अनुसार बिहीबारका लागि प्रधानान्यायधीश राणाले पूर्ण १ समेत ९ वटा इजलास तोकेका छन् ।

केहीदिनदेखि प्रधानन्यायाधीशको विरोध गर्दै इजलाश बहिस्कार गर्दै आएका न्यायाधीश र कानुन व्यावसायीको विरोधका बाबजुद राणाले इजलाश तोकेका हुन् ।

सर्वोच्च स्रोतका अनुसार न्यायाधीत्रय हरिकृष्ण कार्की, आनन्दमोहन भट्टराई र सुष्मालता माथेमाको इजलासमा आज सबैभन्दा धेरै ३४ मुद्दाको पेशी तोकिएको छ ।

प्रतिक्रिया