विश्व समुदायले अफगानिस्तानमाथि तालिबानको कब्जालाई कसरी हेर्छ ?


काठमाडौं – तालिबानको अफगानिस्तानमा कब्जाको खबरपछि चीनले कूटनीतिमा व्यवहारिक र हस्तक्षेप नगर्ने नीति अपनाइरहेको छ ।विश्वमा शक्तिशाली हुने हाेडमा रहेका अमेरिका र रुसजस्तै चीन कहिल्यै अफगानिस्तानमा युद्धमा हिस्सा लिएन तर उसको सीमा अफगानिस्तानसँग जोडिएको छ ।

इरान र पाकिस्तानको तुलनामा चीन अफगानिस्तानसँग सीमाको सानो हिस्सा मात्रै साझा गर्छ तर रणनीतिक रुपमा यो हिस्सा उसका लागि निकै महत्वपूर्ण छ । चीनको शिन्जियांग प्रान्त अफगानिस्तानको सीमासँग जोडिएको छ जसलाई चीनले यस्तो इलाकाको रुपमा हेर्छ जो आतंकवाद, कट्टरपन्थ र अलगाववादको केन्द्र हो ।

तर अफगानिस्तानबाट अमेरिका गएपछि त्यहाँको राजनीतिमा जुन खालीपन आएको छ त्यसको विषयमा चीन असाध्यै सतर्क हुनुपर्छ ।चीनको सरकारी मिडियामा हालै आएको सम्पादकीयमा अफगानिस्तान ‘साम्रान्यको चिहान जस्तै हो’ र चीनलाई अमेरिका र सोभियत संघको पदचिन्हमा नचल्न चेतावनी दिएको छ ।

ग्लोबल टाइम्समा छापिएको सम्पादकीयमा भनिएको छ, ‘हामी मान्छौं कि चीन अफगानिस्तानमा आफ्नो प्रभुत्वको प्रयोग सतर्कताका साथ गर्नेछ ।’

उक्त सम्पादकीयमा भनिएको छ– कम समयमा चीन अर्थव्यवस्था र व्यापारको मुद्दाको विषयमा तालिबानसँग सम्बन्ध स्थापित गर्न जारी राख्नेछ र यो आश्वासन चाहनेछ कि तालिबान सरकार वीगर मुसलमान समुदायसँग जोडिएको विद्रोही शक्तिको समर्थन गर्नेछैन ।

साथै यसमा भनिएको छ – बदलामा चीन अफगानिस्तानको मसलमा हस्तक्षेप गर्नेछैन किनभने उसको मान्यता छ कि ‘तपाईं आफ्नो देशमा कस्तो शासन गर्नुहुन्छ योसँग त्यतिबेलासम्म हाम्रो कुनै लेनादेना छैन जबसम्म ‘आतंकवादी’ हाम्रो ढोकासम्म पुग्ने छैनन् ।’

संयुक्त राष्ट्रसंघका अनुसार एक करोड ८४ लाख मानिसलाई मानवीय आवश्यकता पर्नसक्ने मूल्याङ्कन गरिएको राष्ट्रसंघका मानवीय सहयोग मामिला अधिकारीले बिहीबार बताएका छन् । यता क्यानडाले तालिबानको बढ्दो हिंसाका कारण देश छोड्नुपर्ने अवस्थामा पुगेका अफगान नागरिकलाई सहयोग गर्ने घोषणा गरेको छ।

यस्तै २ दिनभित्र अफगानिस्तानबाट भागेर ७५० सैनिक उज्बेकिस्तानकाे पुगेकाे खुलासा भएकाे छ । जहाँ तालिबानले अफगानिस्तान कब्जा गरेपछि राष्ट्रपति असरफ घानी, उनकी पत्नी, सेना प्रमुख र राष्ट्रिय सुरक्षा सल्लाहकार उज्बेकिस्तानको राजधानी ताशकन्द गएको जनाएको छ ।

यद्यपी सुरुवाती रिपोर्टसबाट घानी ताजकिस्तान गएको पत्ता लागेको थियो । एजेन्सी

प्रतिक्रिया