

एमाले फुटाएको घोषणा गर्दै नेपाल, २० प्रतिशतले दल विभाजन गर्न सक्ने अध्यादेश सिफारिस!

काठमाडौं– मन्त्रिपरिषदले दल विभाजन सम्बन्धी प्रावधानलाई व्यापक संशोधन गरी अध्यादेश तयार पारेको छ। उक्त अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गर्ने निर्णय भएको छ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमाले विभाजनको प्रयोजनका लागि सरकारले उक्त अध्यादेशमा ४० प्रतिशत केन्द्रीय समिति र संसदीय दलमा हुनुपर्ने प्रावधानलाई व्यापक संशोधन गरी २० प्रतिशत बनाएको उच्च स्रोतको दाबी छ।
यता, एमाले नेता माधवकुमार नेपालले पार्टी फुटाएको घोषणा गर्ने भएका छन्। मंगलबार उनले विशेष सम्बोधन गर्दै पार्टी विभाजनको घोषणा गर्न लागेको बताइएको छ।

