Click to toggle navigation menu.

भारत कोभिड: किन विदेशमा रहेका भारतीयहरू सहयोगमा अग्रसर


सिङ्गापुरमा स्टार्ट अप परामर्शदाताका रूपमा कार्यरत सौर्य भेलगपुडी आठ वर्षको उमेरदेखि भारतमा बसेका छैनन्। उनी आठ वर्षका हुँदा उनका बाबुआमा नयाँ जीवन शुरू गर्न अमेरिका बसाइँ सरेका थिए।

बत्तीस वर्षीय उनी भन्छन्, तर अहिले पनि आफूलाई भारतसँग नजिक ठान्छन्। त्यसैले उनी भारतलाई सहयोग गर्ने कार्यमा संलग्न छन्। उनको बृहत् परिवारको एक सदस्यको हालै भारतमा कोभिडका कारण मृत्यु भयो।

त्यो दुखान्तले उनलाई आफूले पनि सहयोग गर्नुपर्छ भन्ने महसुस गरायो र उनले आफूले जम्मा गरेको बचत सहयोग गर्ने प्रतिबद्धता गरे।

‘त्यो यस्तो सम्बन्ध हो जुन तोड्न सकिन्न,’ उनले देशबाहिर रहेका भारतीयहरूले महसुस गर्ने भावना एउटा बलिवूडको गीतलाई उद्धृत गर्दै सुनाए।

भेलगपुडीले आफ्नो बचत समाप्त नभएसम्म हरेक दिन ५,००० डलर भारतमा कार्यरत एआईडी इन्डिया लगायत विभिन्न सहयोग संस्थाहरूलाई दान दिइरहेका छन्। ‘म तन्नम हुन परे पनि केही छैन,’ उनले भने।

‘स्थिति कति दयनीय भइसकेको छ भन्ने मानिसहरूले बुझ्न आवश्यक छ।’ यस्तै भावनाका कारण दशौँ लाख डलर बराबरको सहयोग भारतमा आइरहेको छ खासगरी देशबाहिर बस्ने भारतीय डायस्पोरा समुदायबाट।

Harjit Gill, chief executive of APACMED

‘भारतमा हामी सबैका परिवार छन्’

भारतीय डायस्पोराका ठूलो नाम कमाएकाहरू पनि सहयोग गर्न अगाडि सरेका छन्। तीमध्ये गुगलका प्रमुख सुन्दर पिचाइ, माइक्रोसफ्टका सत्य नादेला र सिलिकन भ्यालीका लगानीकर्ता तथा अर्बपति विनोद खोसला केही हुन्।

‘हामीलाई भारतभरि र खासगरी दिल्लीबाट अक्सिजन, पीपीई, औषधि, भेन्टिलेटर र अस्पतालमा यस्तो समयमा चाहिने अरू विभिन्न कुराहरू उपलब्ध गराइदिन अनुरोध गरिएको छ,’ सिङ्गापुरस्थित स्वास्थ्य सामाग्री सम्बन्धी संस्था एपीएसीएमइडीकी प्रमुख हरजित गिलले बीबीसीसँग भनिन्।

गिल पनि भारतीय मूलकी ब्रिटिश नागरिक हुन्। ‘जताततैबाट सहयोग प्राप्त भइरहेको छ किनभने हामी सबैको भारतमा कोही न कोही छ त्यसैले त्यहाँ भइरहेको सङ्क्रमणबाटह हामी अछुतो छैनौँ।’

‘हरेकलाई दु:ख परेको छ। हामी हरेकका त्यहाँ परिवार छन्। हामी सहयोग गर्ने उपाय खोजिरहेका छौँ।’ भारतीय डायस्पोरा संसारकै सबभन्दा ठूलो डायस्पोरा समुदाय हो। संसारभरि करिब दुई करोड भारतीय मूलका मानिसहरू छरिएर रहेका छन्।

यो नजिकको सम्बन्ध राख्ने समुदाय हो। कैयौँ दशकौँअघि राम्रो अवसरको खोजीमा देश छोडेको भए पनि अहिलेसम्म धेरैले भारतसँग नजिकको सम्बन्ध कायम राख्छन्।

सहयोगको पाइला

देविका मेहन्दिराता सिङ्गापुरमा बसोबास गर्ने अर्थशास्त्री हुन्। यो हप्ता भारतमा उनको बृहत् परिवारका दुई जनाको मृत्यु भयो। उनको विचारमा भारतीय केन्द्रीय सरकारसँग यथोचित योजना नहुँदा कोभिडको दोस्रो लहरमा धेरै मानिस प्रभावित भएर यति धेरैको मृत्यु हुन पुगेको हो।

अक्सिजन र अस्पताल शय्या अभाव भएको छ र मानिसहरूले सामाजिक सञ्जालमा सहयोगको याचना गरिरहेका छन् । ‘यो सङ्ख्या बढेको मात्र कुरा होइन,’ उनले भनिन्, ‘मानिसहरू आधारभूत पदार्थ अक्सिजनको अभावका कारण मरिरहेका छन्।’

उनले केन्द्रीय सरकारले चुनाव जित्नका लागि पश्चिम बङ्गालको चुनावमा ठूला र्‍याली गर्नमा आफूलाई केन्द्रित राखेको र जोखिमयुक्त धार्मिक कुम्भ मेलाप्रति आँखा चिम्लिएको बताइन्।

उनले भनिन्, ‘जबकि फेब्रुअरी महिनातिरै अस्पतालहरूमा अक्सिजन अभाव हुन थालिसकेको थियो।’ ‘बाँच्नका लागि आफै जे गर्छौ गर भने जस्तो गरेर छोडिएको छ। त्यसैले निजी क्षेत्र अग्रसर हुन परेको हो,’ उनले भनिन्।

उद्धारमा निजी कम्पनी

भारतमा रहेका निजी कम्पनीहरू पनि सहयोग गर्न अघि सरेका छन्। भारतको एक प्रमुख स्टील उत्पादन गर्ने कम्पनी जेएसडब्ल्यूले आफ्नो उत्पादन घटाएको छ ताकि उत्पादनमा लाग्ने अक्सिजन बिरामीकहाँ पुग्न सकोस्।

बीबीसीलाई उपलब्ध गराइएको विज्ञप्तिमा उक्त कम्पनीले भनेको छः उसले आफ्नो कम्पनी नजिकै कोभिड केन्द्र बनाइरहेको छ जहाँ बिरामीहरूलाई सिधै अक्सिजन उपलब्ध गराउन सकिनेछ।

अरू निजी कम्पनीहरू टाटा ग्रुप, रिलायन्स र डेलिभरी पनि सहयोग गर्न अग्रसर भएका छन्। जोन्स हप्किन्स विश्वविद्यालयकी राजनीति शास्त्री पवित्रा सूर्यनारायणले बीबीसीलाई भनिन्, ‘भारतको स्वास्थ्य सेवा प्रणालीमा स्रोतको अभाव छ र यो अहिलेको होइन पहिलेदेखिकै समस्या हो।’

सूर्यनारायणले विश्वव्यापी रूपमा सङ्गठित सहयोग भारतको सङ्कटमा आवश्यक रहेको बताइन्। ‘यो भाइरस नियन्त्रण गर्न विश्वव्यापी प्रयत्न आवश्यक छ। भारतलाई एक्लै छोड्ने हो भने भाइरस फर्केर तपाईँकहाँ नै आइपुग्नेछ।’

‘पैसा उपलब्ध गराउन सकिन्छ तर स्वास्थ्य प्रणाली रातारात बन्दैन। आवश्यक अक्सिजन र खोप उत्पादन उपलब्ध गराउन समेत हप्तौँ लाग्छ। त्यस बेलासम्म भारतमा काला दिनहरू भोगिरहनुपर्नेछ।’ बीबीसी

प्रतिक्रिया



थप समाचार

चीनमा पहिलो पटक मानिसमा सुँगुरको मिर्गाैला प्रत्यारोपण

काठमाडाैं- अमेरिकापछि चीनमा पनि पहिलो पटक मानिसमा सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएको छ । शान्सी प्रान्तस्थित सिजिङ अस्पतालमा ६९ वर्षीया  — विस्तृतमा

इजरायलले गर्‍यो गाजामा हमला, ३४ जनाको मृत्यु

काठमाडौँ- इजरायली सेनाले गाजा पट्टीमा व्यापक आक्रमण गरिरहेको छ। गाजाको हमासद्वारा सञ्चालित नागरिक रक्षा एजेन्सीका प्रवक्ताका अनुसार पछिल्लो आक्रमणमा  — विस्तृतमा

सुनिता र बुचलाई लिएर पृथ्वीतिर फर्कियो ‘ड्र्यागन’, १७ घण्टा लाग्ने

काठमाडौं- स्पेसएक्सको अन्तरिक्ष यान ड्र्यागन अब अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनबाट अलग भएको छ अर्थात् अनडक भएको छ । अन्तरिक्ष यात्री  — विस्तृतमा

अन्तरिक्षमा फसेका दुई अन्तरिक्ष यात्री मङ्गलबार पृथ्वीमा फर्किनेः नासा

वासिङ्टन- अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा नौ महिनाभन्दा बढी समयदेखि फसेका अमेरिकी अन्तरिक्ष यात्री बुच विल्मोर र सुनिता विलियम्सलाई मङ्गलबार साँझ  — विस्तृतमा

युक्रेन युद्ध रोक्न ट्रम्प र पुटिनबीच वार्ता हुँदै

काठमाडौं – रुस र युक्रेनबीच चलिरहेको युद्ध रोक्नको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन बीच महत्त्वपूर्ण  — विस्तृतमा

एक प्रोफेसरको कालो कर्तुत: ५९ छात्रालाई यौन शोषण गर्दै बनाए भिडियो

काठमाडाैं- भारतकाे उत्तर प्रदेशस्थित हाथरसको पीसी बागला डिग्री कलेजका भूगोल विभाग प्रमुख डा. रजनीश विरुद्ध छात्राहरूसँग यौन शोषणको आरोप  — विस्तृतमा

स्पेसएक्स यान आईएसएसमा पुग्न सफल

केनेडी स्पेस सेन्ट- अमेरिकी निजी अन्तरिक्ष कम्पनी स्पेसएक्सको रकेट आइतबार अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) मा सकुशल पुगेको छ ।  — विस्तृतमा

४१ देशका नागरिकलाई अमेरिका यात्रामा प्रतिबन्ध लगाउने तयारी

काठमाडाैं- ट्रम्प प्रशासनले ४१ देशका नागरिकलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउने तयारी गरिरहेको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार अमेरिकी  — विस्तृतमा

हुथी विद्रोहीविरुद्ध हवाई कारवाही गर्न ट्रम्पको आदेश

काठमाडौं – राष्ट्रपति डोनाल्ड ट्रम्पले यमनका हुथी विद्रोहीविरुद्ध हवाई आक्रमणको आदेश दिएका छन् । ट्रम्पले इरान समर्थित हुथी विद्रोहीहरूले  — विस्तृतमा

सुनिता र बुचलाई फिर्ता ल्याउने स्पेसएक्सको रकेट प्रक्षेपण

काठमाडौँ – अन्तरिक्ष यात्री सुनिता विलियम्स र बुच विल्मोरलाई अन्तरिक्षबाट फिर्ता ल्याउन स्पेसएक्सले नयाँ टोलीसहित अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा रकेट  — विस्तृतमा

कार्नीले लिए क्यानडाको प्रधानमन्त्रीको शपथ

काठमाडौं – लिबरल पार्टीका नेता मार्क कार्नीले क्यानडाको प्रधानमन्त्रीको शपथ लिएका छन् । कार्नीले क्यानडामा दुवै आधिकारिक भाषाहरू अंग्रेजी  — विस्तृतमा

भारतको दिल्ली अत्याधिक प्रदूषित, जीआरएपी-३ लागू

काठमाडौं – भारतको दिल्लीमा वायु प्रदूषणको स्थिति लगातार खराब हुँदै गएपछि वायु प्रदुषण नियन्त्रण गर्न ग्रेडेड रेस्पोन्स एक्सन प्लान (जिआरएपी)-३  — विस्तृतमा

मौसम अपडेट
हाम्रो पात्रो
विदेशी विनिमय दर अपडेट
राशिफल अपडेट
सुन चाँदी दर अपडेट
home email facebook twitter instagram linkedin google plus phone calendar clock pinterest search vimeo youtube stumbleupon star profile female profile male clock location altitude plus chevron right double duration flag house group truck cloud grade price prohibit food check cross plus rounded minus rounded comment closing double qoute playlist