
आजबाट प्रस्तावित प्रधानन्यायाधीश डा. शर्मामाथि संसदीय सुनुवाइ
काठमाडौं – प्रधानन्यायाधीशमा सिफारिस डा. मनोज कुमार शर्मामाथि संसदीय सुनुवाइ आजबाट सुरु हुँदैछ । त्यसका लागि आज बिहान ८ बजे संसदीय सुनुवाइ समितिको बैठक बोलाइएको छ ।
विधायन व्यवस्थापन समितिको सभाकक्षमा बस्ने बैठकमा डा. शर्मा उपर परेका उजुरी खोल्ने र कार्ययोजना वितरण गर्ने कार्यसूची रहेको छ ।
२४ वैशाखमा बसेको संवैधानिक परिषद बैठकले सर्वोच्च अदालतका चौथो वरियताका न्यायाधीश डा. मनोज शर्मालाई प्रधानन्यायाधीशमा नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको थियो । संसदीय सुनुवाइको प्रक्रिया पूरा गरेपछि राष्ट्रपतिबाट नियुक्त हुने कानुनी व्यवस्था छ ।
वरियता मिचेर प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गरिएपछि कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लसहित सर्वोच्चका कतिपय न्यायाधीशहरु र कानुन व्यवसायीहरु विरोधमा छन् ।



कागजपत्र |
