नरेशका वकिलले अदालतमा भने– ममता जीवितै छिन्


काठमाडौं- अमेरिकाको भर्जिनियाकी ममता काफ्ले बेपत्ता प्रकरणमा पक्राउ परेका उनका श्रीमान् नरेश काफ्लेका वकिलहरुले अदालतमा ममता जीवितै रहेको दाबी गरेका छन् । नरेशका वकिल बेन अब्राहमले अदालतमा यस्तो दाबी गरेकाे वासिङ्टन पोस्टले जनाएकाे छ ।

उनले २७ जुलाईमा ममता एक अपरिचित महिलासँग निस्किएको र ममता आफैं घर छाड्ने तयारी गरिरहेको अदालतमा दाबी गरे । ममतामाथि नरेशले कुनै हानी नगरेको अब्राहमको दाबी छ । भट्टलाई दोषी ठहराउन पर्याप्त प्रमाण नभएको उनको दाबी छ ।

प्रहरीले नरेशलाई ७ भदौमा घरबाट पक्राउ गरेको थियो । त्यसबेला प्रहरीले उनको घरबाट कार्पेट र रगतको टाटा देखिने अन्य प्रमाणहरु पनि संकलन गरेर लगेको थियो । त्यसको आधारमा प्रहरीले ममता जीवित नरहेको हुनसक्ने बताएको थियो ।

अहिले नरेशविरुद्ध ममताकाे शरीर गायब पारेकाे आरोपमा अदालतमा मुद्दा चलिरहेको छ ।

प्रतिक्रिया