
वैदेशिक रोजगारीका लागि कोरिया गएका गणेशको मृत्यु
दक्षिण कोरिया – कोरियामा कार्यरत एक जना नेपाली श्रमिकको मृत्यु भएको छ । कोरियाको पोछन क्षेत्रमा कार्यरत ओखलढुंगाको मोलुंग गाउँपालिका–७ स्थायी घर भएका २९ वर्षका गणेश थापाको सवारी दुर्घटनामा परी मृत्यु भएको कोरियास्थित नेपाली राजदूतावासले जानकारी दिएको छ ।
३ वर्षअघि कृषि क्षेत्रको कामदारका रुपमा कोरिया आएका उनी गाई फर्ममा कार्यरत थिए । फर्ममा आवश्यक सामग्री ओसारपसारका लागि प्रयोग हुने सानो सवारी साधन लिएर उनी बजार गएको र बजारबाट फर्किने क्रममा सोही सवारी दुर्घटनामा परी थापाको ज्यान गएको हो ।
दुर्घटना शुक्रबार भएको भएता पनि हालसालै मात्र जानकारी दूतावासलाई प्राप्त भएको दूतावासले जनाएको छ । मृतक थापाको शव नेपाल पठाउनको लागि नेपाली राजदूतावासले सम्बन्धित पक्षसँग समन्वय गरिरहेको द्धितीय सचिव जेनिम अधिकारीले जानकारी दिए ।



कागजपत्र |
