झापामा बालिकामाथि सामूहिक बलात्कार, ६ जना पक्राउ


काठमाडाैं- झापामा १६ वर्षीया बालिकामाथि सामुहिक बलात्कार भएको छ । ती बालिकामाथि जिल्लाका छुट्टाछुट्टै स्थानमा सामुहिक बलात्कार भएको झापा प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक कृष्णकुमार चन्दले बताए ।

ती बालिकामाथि ७ जना युवाले अर्जुनधारा नगरपालिका– ५ र बिर्तामाेडमा बलात्कार गरेकाे पाइएको उनले  जानकारी दिए । तीमध्ये  ६ आरोपी पक्राउ गरेका छन् भने एकजना  फरार रहेका छन् ।

पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका–५ का १९ वर्षीय अनिष लिम्बू, अर्जुनधारा–८ का ३४ वर्षीय सरोज राई र २५ वर्षीय केशव मगरलगायत छन् ।

प्रहरीका अनुसार  बिर्तामोडको बसपार्क क्षेत्र र लंका होटल एन्ड रिसोर्टमा गरी दुई स्थानमा बलात्कार गरेको भनेर दुईवटा जाहेरी परेकाे छ । एक ठाउँमा तीन र अर्को ठाउँमा चार जनाले बलात्कार गरेको भनेर पीडितले जोहेरी दिएकाे प्रहरीले बताएकाे छ ।

प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेकाे जनाएकाे छ ।

प्रतिक्रिया