ममता काफ्ले बेपत्ता प्रकरणमा मनासस पार्क प्रहरीले माग्यो सहयोग


काठमाडाैं- अमेरिकाको भर्जिनियामा बेपत्ता भएकी नेपाली नर्स ममता काफ्लेको खोजी जारी छ ।
भर्जिनियाको मनासस पार्क प्रहरीले उनलको खोजी कार्य जारी रहेकाले सहयोग मागेको छ ।

मंगलबार एक विज्ञप्ति जारी गर्दै प्रहरीले उक्त प्रकरण केही सूचना आउने क्रम जारी रहेकोमा थप केही तथ्य भेटिएको जनाएको छ । प्रहरीले ममताका श्रीमान् नरेश भट्टसँग २८ जुलाईदेखि ५ अगस्टसम्म भेट तथा कुराकानी गरेका व्यक्तिलाई सम्पर्कमा आउन आग्रह गरेको छ ।

प्रहरीले अहिलेसम्म कतै अन्तर्वार्ता नदिएका तथा जासुससँग सम्कर्पमा नआएका व्यक्तिलाई सम्पर्क गर्न आग्रह गरेको हो ।

ममता काफ्लेको शव लुकाएको अभियोगमा पक्राउ परेका श्रीमान् भट्टलाई बिहिबार अदालतमा  उपस्थीत गराइएको थियाे । त्याे दिन न्यायाधिसले ग्रान्ड जुरी रद्द गराउन नरेशका पक्षबाट दायर गरिएको मोशन स्वीकृत गरेका थिए । अब अर्को सुनुवाई सेप्टेम्बर १६ का लागि तोकिएको छ ।

यस अगाडि भएको सुनुवाईमा नरेशलाई अदालतले धरौटीमा रिहा गर्न अस्वीकार गरेको थियो । ममता काफ्ले बेपत्ताको घटना हुनुभन्दा महिनौं अघि उनका श्रीमान् नरेश भट्टले कम्प्युटरमा श्रीमतीको मृत्युपछि विवाह गर्न कति समय लाग्छ भन्नेबारे सर्च गरेको समेत खुलासा भएको छ । नरेशले आफ्नो कामको कम्प्युटरमा श्रीमतीको मृत्यु भएपछि विवाह गर्न कति समय लाग्छ भन्नेबारे गुगल गरेको पत्ता लागेको  अभियोजकले अदालतमा बताएका थिए ।

उनीविरुद्ध शव लुकाएको सम्बन्धमा छैठौं श्रेणीको अपराधको अभियोग लगाइएको छ । भर्जिनियामा यो अभियोगमा कम्तीमा १ बर्षदेखि ५ बर्षसम्म जेल सजाय हुनसक्ने प्रावधान रहेको छ ।

अहिलेसम्म ममताको अवस्था अज्ञात छ ।  ममता काफ्लेको  मनाससबाट जुलाई ३१ देखि बेपत्ता भएकी थिइन् ।

प्रतिक्रिया