‘सार्वजनिक जग्गा अतिक्रमण देखि प्राकृतिक स्रोतको दोहन गर्ने सबैलाई कारबाही गर्छौं’


काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईले सार्वजनिक जग्गा अतिक्रमण देखि प्राकृतिक स्रोतको दोहन गर्नेलाई कारबाही गरिने बताएका छन् । उनले भ्रष्टाचारका गतिविधि हुन नदिन द्रुत निगरानी टोली समेत खटाउने बताएका हुन् ।

आयोगको ३०औं स्थापना दिवसका अवसरमा बोल्दै प्रमुख आयुक्त राईले सरकारी जग्गा अतिक्रमण, सरकारी सवारी साधनको दुरुपयोगजस्ता विषय रोक्न आँखा चिम्लेर नबस्ने बताएका हुन् ।

राईले भ्रष्टाचार नियन्त्रण गर्न आयोग प्रतिबद्ध रहेको समेत बताएका छन् ।

‘नेपालमा भ्रष्टाचारमा सुधार आएपनि सन्तोष गरेर बस्ने अवस्था छैन् । सार्वजनिक भूमि व्यवस्थापन नेपालको सन्दर्भमा चुनौतीपूर्ण देखिएको छ । सरकारी सार्वजनिक जमिन अतिक्रमण गर्ने, खोला–खोल्सा तथा पर्ति जमीन ओगट्ने कार्य सह्य हुने छैन्’, उनले भने, ‘सार्वजनिक पदाधिकारी वा उनीहरू जोडिएका जोसुकैलाई अनुसन्धान गर्ने र रोक्ने कार्य आयोगको प्राथमिकतामा रहने छ ।’

कर छली चुहावट, सीमा क्षेत्रमा हुने चोरीनिकासी, नक्कली बिल भर्पाइ गर्ने, सवारी साधन र बिना दरबन्दी कर्मचारी भर्ना लगायतका विषय आयोगको निगरानी रहने समेत राईले बताए ।

प्रतिक्रिया