सुमितको दशैं तिहार यसपालीको


विराटनगर– राष्ट्रिय भावका गीत गाउने गायक सुमित खड्काले नेपालीहरूको महान पर्व बडा दशैं तथा तिहारलाई लक्षित गरी गीत ‘दशै तिहार यसपालीको’ को भिडियो सार्वजनिक गरेका छन् । दीप नारायण राजवंशीको शब्द रहेको गीतमा खड्काकै संगीत छ ।

न्युज मिडियाको युट्युव च्यानलमार्फत गीत सार्वजनिक गरिएको हो । भिडियोमा आयुष घले मगर, नुरज ठकुरी (प्रवेश), राम ग्याबा लामा ,रोनित त्यवाना (रक्की), सिद्धार्थ रिमाल, सपना घले मगरलगायतले अभिनय गरेका छन् । भिडियोमा आयुष घलेको छायांकन, सम्पादन र निर्देशन छ ।

प्रतिक्रिया