

भारतीय मिडियामा प्रधानमन्त्री ओलीले दिएको अन्तरवार्ताको राजनीतिक अर्थ

प्रधानमन्त्री केपी शर्मा ओलीले दिएका दुई वटा अन्तरवार्ताको अहिले निक्कै चर्चा छ। भारतीय र नेपालीले सामाजिक सञ्जालमा उनका विचारका विषयमा पक्ष र विपक्षमा मत राखिरहेका छन्। प्रतिनिधि सभा विघटनपछि आन्तरिक राजनीतिमा निक्कै खरो भाषणमा उत्रिएका उनले भारतीय पक्षलाई बुझाउने गरी ‘डिप्लोम्याटिक’ अन्तरवार्ता दिए, जसले नेपालको आन्तरिक र छिमेक नीतिमा राजनीतिक अर्थ गहिरो लाग्दछ। देशभित्रको अवस्थालाई हेरी उनको जति सुकै आलोचना हुन सक्छ तर ७० बर्षको इतिहासमा भारतीय जनताले बुझ्नेगरी दिइएका दुईवटा भाषाको अन्तरवार्ताले कुटनीतिक सम्बन्धमा मात्र होइन, नेपाल स्वाधिन छ भन्ने भारतीय जनतासम्म सूचना निर्धक्क पुग्नु नै अर्थपूर्ण छन्। अंग्रेजी र हिन्दी भाषामा उनले नेपाल र भारतको सम्बन्ध समान राज्य, सार्वभौम राज्यका रुपमा मात्रै हुने कुटनीतिक जवाफ दिए।
हिन्दू राष्ट्रवादको उग्रतामा रहेको भारतका जनतामाझ गायत्री मन्त्रको उत्पत्तीदेखि ऋषिमुनीको तपोभूमीसम्मको विषयमा उल्लेख गरिदिए। उनले भारतमा व्यापक रहेको विशाल भारतलाई अस्वीकार गरी नेपालको स्वतन्त्र अस्तित्वको स्पष्ट परिचय दिने प्रयास गरे। यस्तो प्रयास र प्रयत्न पञ्चायतकालमा राजा महेन्द्रले पनि गरेका थिएनन्
कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली नक्शामा प्रकाशित गरेपछि भारतीय मिडियाले ओलीको आलोचना गरेका थिए। जसले सेरिज नै बनाएर उनको हुर्मत लिए पनि फेरि तिनै मिडियाको बलमा उनले त्यो दाबीलाई छाडेनन्। यहाँसम्मकी हिन्दू राष्ट्रवादको उग्रतामा रहेको भारतका जनतामाझ गायत्री मन्त्रको उत्पत्तीदेखि ऋषिमुनीको तपोभूमीसम्मको विषयमा उल्लेख गरिदिए। उनले भारतमा व्यापक रहेको विशाल भारतलाई अस्वीकार गरी नेपालको स्वतन्त्र अस्तित्वको स्पष्ट परिचय दिने प्रयास गरे। यस्तो प्रयास र प्रयत्न पञ्चायतकालमा राजा महेन्द्रले पनि गरेका थिएनन्। त्यसअघिको त प्रश्न नै भेटिन्न कतै इतिहासमा। यो अन्तरवार्तामा प्रधानमन्त्रीका विचार सुनेपछि उनीइतरकको राजनीतिक धारणा बनाउनेहरूले आलोचना गरेका छन्। तर यो उनीहरूको राजनीतिक अभिष्टको एउटा पाटो हुनसक्छ। यद्यपि सुसंस्कृत समाजको परिकल्पना गरेका कतिपय विद्वानले भने अन्तरवार्तामा ओली विचारले देशको सार्वभौमिकता बलियो छ र यहि नै चट्टानी अडान रहेको भन्ने प्रष्ट बनाउँछ।
देशको सीमालगायतका विषयको समस्या हलका लागि हुने वार्ता र छलफलका लागि निकट समयमा नै परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली नयाँ दिल्ली जाँदैछन्। त्यसको पूर्वसन्ध्यामा प्रधानमन्त्री ओलीको यो विचारले दुई पक्षीय छलफल र बैठकमा धारणा राख्न सहयोग पुग्छ भन्ने स्वभाविक आँकलन गरिएको छ। नेपाल–भारत सीमालगायतका विभिन्न प्रकारका समस्या र बुझाईलाई चिर्दै नेपाल–भारतका ‘जनता जनतासम्म’ नेपालको महत्व, पौराणिक विशेषतालाई बुझाउन प्रधानमन्त्री ओली सफल छन्। त्यसैले राजनीतिक अर्थपूर्ण रुपमा यो विषयलाई लिनैपर्छ। हाम्रा आन्तरिक राजनीतिक समस्यामा भने ओलीलाई फरक कोणमा राखेर विश्लेषण गर्दै जालान् नि यहाँका जनताले।

