सुनसरीको बराहक्षेत्रमा जङ्गली हात्ती मृत फेला


सुनसरी– सुनसरीको बराहक्षेत्रमा जङ्गली हात्ती मृत फेला परेको छ ।

बराहक्षेत्रमा नगरपालिका वडा नम्बर २ स्थित कौशिकी सामुदायिक वन नजिकैको मकैबारीमा करिब ५–७ वर्षको हात्ती सोमबार बिहान मृत अवस्थामा फेला परेको बराहक्षेत्र नगरपालिकाका नगर प्रमुख रमेश कार्कीले जानकारी दिए ।

जिल्ला वन कार्यलय सुनसरी, कोशी टप्पु वन्यजन्तु आरक्षसहितको टोलिले हात्ती मरेको कारणबारे अनुसन्धान गरिरहेको नगर प्रमुख कार्कीले बताए ।

प्रतिक्रिया