

आरआर क्याम्पसका प्राध्यापकले छात्रालाई पठाए म्यासेज, हिरासतको बास

काठमाडौं – राजधानीको प्रदर्शनी मार्गस्थित रत्न राज्य लक्ष्मी (आरआर) क्याम्पसका प्राध्यापक यौनहिंसाको आरोपमा पक्राउ परेका छन् ।
आरआर क्याम्पसमा अध्यापन गर्ने ४५ वर्षीय विष्णुप्रसाद आचार्य यौनहिंसाको आरोपमा पक्राउ परेका हुन् ।
आरआर क्याम्पसमा अध्ययनरत एक छात्रालाई सामाजिक सञ्जालमार्फत यौन हिँसा गरेको आरोपमा प्रहरीले उनलाई कलेजबाटै पक्राउ गरेको हो ।
आरआर क्याम्पसमा अध्ययनरत एक छात्रालाई यौन हिँसा गरेको आरोपमा उनलाई पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी अशोक सिंहले जनाए ।
प्राध्यापक आचार्यलाई नियन्त्रणमा लिएर अभद्र व्यवहारसम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान भइरहेको एसएसपी सिंहले जानकारी दिए ।

