उदयपुरमा ८ राउण्ड हवाई फायर, २ जना घाइते


कटारी – उदयपुरको कटारी नगरपालिका- १० मा प्रहरीले ८ राउण्ड हवाई फायर गरेको छ ।

जनता कालिका माध्यमिक विद्यालय मतदान केन्द्रमा मतदानको समय सकिएपछि विवाद हुदा प्रहरीले ८ राउण्ड हवाई फायर गरेको हो ।

प्रहरीले चलाएको गोली लागेर २ जना घाइते भएका छन् । मतदान सकिएपछि बुथमा विवाद हुदा प्रहरीले हवाई फायर गरेको प्रदेश-१ प्रहरी प्रवक्ता नविन राईले बताए ।

प्रहरी उपरीक्षक राईले घटनाको अनुसन्धान भइरहेको बताए ।

प्रतिक्रिया