

६ महानगरबाहेक ७४७ स्थानीय तहको मतपत्र छपाइ सम्पन्न : आयोग

काठमाडौं – स्थानीय तह निर्वाचनका लागि ६ महानगरपालिकाबाहेक अन्य सबै स्थानीय तहको मतपत्र छपाइ सकिएको निर्वाचन आयोगले जनाएको छ।
आयोगका सहसचिव तुलसीबहादुर श्रेष्ठका अनुसार ६ महानगरबाहेक ७४७ स्थानीय तहको मतपत्र छपाई सकिएको हाे।
यसैगरी, आयोगले वैशाख १३ गतेदेखि छपाइ भएको मतपत्र ढुवानी सुरु गरेको छ । बिहीबारसम्म ३३ जिल्लामा मतपत्र ढुवानी भइसकेको छ ।
वैशाख ३० गते हुने निर्वाचनका लागि आयोगले एक करोड ९४ लाख मतपत्र आवश्यक पर्ने जनाएको छ । त्यसमध्ये एक करोड ८० लाख ४५ हजार मतपत्रको छपाइ सम्पन्न भएको सहसचिव श्रेष्ठ जानकारी दिए ।

