
स्थानीय तह निर्वाचन : ८२ हजार बढीले गराए उम्मेदवारी दर्ता (अपडेट)
काठमाडौं – आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि हालसम्म ८२ हजार वढीले मनोनयन दर्ता गरेका छन् ।
आयोगले ७७ वटै जिल्लामा रहेका निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गराएका उम्मेदवारको राती ९:१५ को अपडेट अनुसार ८२ हजार २ सय १० जनाले मनोनयन दर्ता गरेको जनाएको हो ।
आयोगका अनुसार हालसम्म प्रमुख पदमा २३४३ जनाले उम्मेदवारी दर्ता गराएका छन् भने अध्यक्ष पदमा २४९७ जनाले दर्ता गराएका छन् । यसैगरी उपप्रमुख पदमा १४४५ तथा उपाध्यक्ष पदमा १६२६ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
यसैगरी वडाध्यक्ष पदमा २० हजार १७६ जना, महिला सदस्य पदमा १३५५४, महिला दलित सदस्य पदमा १२१८१ र सदस्य पदमा २८ हजार २ सय ८८ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।



कागजपत्र |
