बुद्धिजीवी परिषद्को राष्ट्रिय महाधिवेशन चैत २० गतेदेखि


काठमाडाैं – नेपाल बुद्धिजीवी परिषद्को १०औं राष्ट्रिय महाधिवेशन चैत २० गतेबाट काठमाडौंमा शुरू हुँदैछ।

सम्मेलनबारे शुक्रवार आयोजित पत्रकार सम्मेलनमा परिषद्का अध्यक्ष डा. दिनेशचन्द्र देवकोटाका अनुसार महाधिवेशनमा भाग लिनका लागि देशभरिबाट प्रतिनिधि काठमाडौं आउन थालेका छन् ।

महाधिवेशनमा देशभरका ४०० जना प्रतिनिधि सहभागी हुनेछन् । महाधिवेशनमा समृद्धिका लागि वुद्धिजीवी विचार गोष्ठी समेत हुनेछ ।

अध्यक्ष डा. देवकोटाले परिषद्ले नेपालका ठूलाठूला परियोजनाको अध्ययन अनुसन्धान गरी पार्टी तथा सरकारलाई सुझाव दिने गरेको बताए । ३ दिनसम्म सम्मेलनले १७ पदाधिकारीसहित १५१ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ ।

परिषद्मा योग्य, दक्ष र क्षमतावान् व्यक्ति भए पनि पार्टी र सरकारले त्यसको उपयोग गर्न नसकेको उनले बताए । परिषद्को देशभरिका ७७ जिल्लामा शाखा छन् ।

प्रतिक्रिया