नेपाल प्रहरीः डिआईजी अर्यालले दिए एआईजी बढुवाविरुद्ध लोकसेवामा उजुरी


काठमाडौं — प्रहरी नायब महानिरीक्षक (डिआईजी) घनश्याम अर्यालले अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्न सिफारिस गरेको निर्णयविरुद्ध लोकसेवा आयोगमा उजुरी  दिएका छन् ।

नेपाल प्रहरीमा ३ जना डीआईजीलाई एआईजीमा बढुवा गर्ने मन्त्रालयको सिफारिसविरुद्ध अर्यालले उजुरी दिएका हुन् ।

चैत १ मा गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डे नेतृत्वको बढुवा समितिले धीरजप्रताप सिंह, वसन्त पन्त र रविन्द्रबहादुर धानुकलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो । सिफारिसमा परेका अधिकृत भन्दा आफु सिनियर भएको हुनाले बढुवा बदर गर्न अर्यालले माग गरेका छन् ।

उनी वर्तमान प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीका ब्याजी रहेको हुनाले क्षेत्रीसँगै वैशाख १९ गते अवकाश पाउँदैछन् ।

प्रतिक्रिया