कोरोना कहरबाट प्रभावित युवा स्वरोजगारतर्फ


सिद्धराज भट्ट(रासस)

सुदूरपश्चिमकोरोना भाइरस सङ्क्रमणको जोखिम निम्तिएपछि संयुक्त अरब इमिरेट्स (युएई)को एक कम्पनीमा कार्यर धनगढी उपमहानगरपालिका१ का  गजेन्द्र शाहलाई सात महिना कामविहीन बस्नु प¥यो । कम्पनीले पारिश्रमिक दिन बन्द गरेपछि उनलाई साँझ बिहानको छाक टार्नसमेत समस्या हुँदा स्वदेश सम्झिए । आफ्नै देश फर्किन पनि हवाईजहाजको चर्को भाडा दर पुग्दा थप समस्यामा परेका उनी जसोतसो दशैँअघि स्वदेश फर्किए ।

स्वदेश फर्केर पनि के काम गरेर जीविका चालाउने भन्ने समस्याले अन्योलको अवस्थामा पुगेका उनी जिल्ला लघुउद्यमी समूह कैलालीले गरेको सहयोगपछि गरिएको कुखुरापालन व्यवसायमा अहिले रमाई रहेका छन् । विदेशबाट फर्किएपछि के काम गर्ने भनेर रानी हराएको मौरी जस्तै अन्योलको अवस्थामा थिएँ, उनले भने, ‘लघुउद्यमी समूहले दिएको उत्प्रेरणा र गरेको सहयोगले  शुरु गरेको कुखुरापालन व्यवसाय फस्टाउँदा सन्तुष्टि मिलेको छ ।

कोरोना भाइरसको सङ्क्रमण फैलिएपछि धनगढी१४ का तेजप्रकाश तिवारी मलेसियाको मजदूरी छोडेर घर फर्किए । महामारीको बेला पाएको दुःखले उनले कहिल्यै विदेश नजाने सोच बनाए । उनले अहिले व्यावसायिकरूपमा बाख्रापालन शुरुआत गरेका छन् ।

कोरोना कहरकै कारण भारतको एक कम्पनीमा काम छाडेर फर्किएका धनगढीकै उपेन्द्रबहादुर सिंहले अहिले कुखुरापालन शुरु गरेका छन् । चालीस दिनमै रु ४५ हजार कमाएका उनी अब कहिल्यै परदेश नजाने बताउछन् ।

कोरोनाको कहरले स्वदेश फर्किन बाध्य भएका धनगढी, १४ र १६ का कतिपय युवाहरू पछिल्ला महिनामा कृषिजन्य व्यवसायमा लागेर आत्मनिरभरको बाटोमा उन्मुख हुन थालेका छन् । यस्तो व्यवसायमा लाग्ने कतिपयले आम्दानी गर्न थालिसकेका छन् भने अन्य कतिपय आम्दानीको पर्खाइमा रहेका छन् । कोभिड१९ बाट प्रभावितलाई लक्षित गरी नगर क्षेत्रमा लागू गरिएको सामाजिक आर्थिक रिकभरी परियोजना मार्फत विदेशबाट फर्किएर बरोजगार बनेकालाई स्वरोजगार बनाउन थालिएको हो । 

परियोजनाअन्तर्गत सामाजिक परिचालन, उद्यमशीलताको विकास र मागमा आधारित सीप विकास तालीम, बजारीकरण, मागमा आधारित उपयुक्त प्रविधिको सहयोग, लघु वित्त सङ्घसंस्थासँगको समन्वय गर्ने जस्ता छ चरण पूरा गरेर अनुभव लिएको इच्छुक व्यक्ति मात्र उद्यमी बन्न सक्ने मापदण्ड बनाइएको छ ।

परियोजनाले कोरोनाबाट प्रभावित भई बेरोजगार बनेका धनगढीका १५० र महेन्द्रनगरका १५० जनामा उद्यमशीलता सिर्जना गरेर रोजगारी उपलब्ध गराउने लक्ष्य राखेको परियोजनाकी संयोजक चाँदनी शाहीले जानकारी दिइन् । यसका लागि इच्छुक व्यक्तिले तोकिएका छ चरण पूरा गरेर मात्र उद्यमी बन्न सक्छ, उनले भने, ‘परियोजनामार्फत मेघा बैंकसँग समन्वय गरेर उद्यम गर्न चाहनेलाई सहुलियत ब्याजदरमा कर्जा प्रवाह गरिहेकाछौँ ।

विदेशबाट फर्किएकाहरूलाई व्यावसायिकरूपमा बाख्रापालन, कुखुरापालन, तरकारी खेती, च्याउ खेती, बङ्गुरपालन र होटेल व्यवसायलगायत उद्यमहरू गर्नतर्फ परियोजनाले उत्प्रेरित गरिरहेको छ ।

धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वड विदेशबाट फर्किएर बेरोजगार बनेकाहरूलाई उनीहरूको इच्छाबमोजिम उद्यमशीलता विकाससम्बन्धी सीप प्रदान गरेर व्यवसाय गराउन सहयोग पु¥याइएको बताउछन् । उनले भने, ‘कोरोना भाइरस फैलिएको शुरुका महिनामा बेरोजगार बन्न पुगेकालाई उद्यम गराउन मानसिकरूपमा तयार पार्न केही समस्या भए पनि त्यसपछि बिस्तारै उहाँहरूको विवरण सङ्ककलन गरेर व्यवसायतिर लगाउनमा सफलता मिलिरहेको छ ।

उपमहानगरपालिका र जिल्ला लघुउद्यमी समूह सङ्घको पहल र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी)को सहयोगमा यो परियोजना कार्यान्वयनमा आएको हो । 

सुदूरपश्चिम प्रदेश सरकारले कोरोना भाइरसबाट प्रभावितलाई रोजगार तथा स्वरोजगार बनाउन कृषि तथा पशुपन्छी विकास कार्यक्रम कार्यान्वयन गरिरहेको छ । यो कार्यक्रम कार्यान्वयन गर्न प्रक्रिया पूरा गर्नमै समय लागेको छ । कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख खगेन्द्रप्रसाद शर्माले जिल्लाको हकमा कृषि कार्यक्रमतर्फ पेश भएका इच्छापत्रमध्ये ८८ जना छनोट गरी उनीहरूसँग सम्झौता भइसकेको जानकारी दिए । कृषि कार्यक्रम गर्न छनोट भएका स्वयम्ले रु ३० हजार पर्ने र रु ३० हजार कार्यालयले अनुदान दिन लागेको छ, उनले भने, ‘यसका लागि अधिकांश तरकारी, च्याउ, फलफूल खेती, मौरीपालन, नर्सरी व्यवसाय गर्नेहरू छनोटमा परेका छन् ।

सोे कार्यक्रम कार्यान्वयनका लागि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले गएको गतभदौ महिनामा सूचना प्रकाशित गरेको थियो ।  अपेक्षाभन्दा बढी निवेदश पेश भएपछि सबैलाई समेट्न सकस भएको थियो । त्यसपछि इच्छुकको थप प्रमाणहरू जुटाउन भन्दै पुनः सूचना प्रकाशित गरिएको थियो । सूचनाबमोजिम प्रदेशभरि झण्डै ८२ हजार व्यक्तिले इच्छापत्र पेश गरेका थिए । इच्छापत्र पेश गर्नेको सङ्ख्या बढ्दै गएपछि सोही आधारमा मन्त्रालयले मापदण्ड पनि बनाउनु परेको जनाइएको छ ।

मन्त्रालयका वरिष्ठ कृषि प्रसार अधिकृत गोकुलप्रसाद बोहराले व्यवसाय गर्न आवश्यक पर्ने प्राविधिक उपयुक्ततालगायत सबै पक्षलाई ध्यान दिई बनाइएको मापदण्डका आधारमा स्थलगतरूपमा अध्ययन मूल्याङ्कन गरी छनोट कार्य भइरहेको बताए ।

सो कार्यक्रम प्रदेशका सबै जिल्लास्थित कृषि ज्ञान केन्द्र र पशु विज्ञ केन्द्रमार्फत कार्यान्वयन गर्न लागिएको छ । यो कार्यक्रमअन्तर्गत तरकारी, च्याउ र फलफूल खेती, मौरीपालनका अलावा भेडाबाख्रा, गाईभँैसी, माछा, स्थानीय कुखुरा तथा हाँसपालन जस्ता मासुजन्य पन्छीपालन गर्न सकिने जनाइएको छ । तुरन्त आय आर्जन हुने तथा स्वरोजगारी सिर्जना गर्ने कार्यक्रमलाई छनोटमा प्रथमिकता दिन लागिएको छ  ।

प्रदेशभरि झण्डै नौ हजार परिवारलाई स्वरोजगार बनाउने लक्ष्य लिएको यो कार्यक्रमका लागि प्रदेशमा चालू वर्षमा रु १५ करोड बजेट विनियोजन गरिएको छ । पहिलो वर्ष छनोट हुने व्यक्तिलाई न्यूनतम् अनुदान उपलब्ध गराएर कार्यक्रम शुरु गर्न लागिएको र पहिलो वर्ष दिइएको अनुदानका आधारमा सम्बन्धितले गरेको कामको मूल्याङ्कन गरी आगामी वर्षदेखि अनुदान सहयोग वृद्धि गर्दै लागिने नीति बनाइएको छ । सो कार्यक्रम कार्यान्वयनका लागि मन्त्रालयले कोरोना प्रभावित तथा विदेशबाट फर्किएका युवा लक्षित कार्यक्रम कार्यान्वयन मापदण्ड २०७५ मापदण्ड बनाएको छ । स्वदेश फर्किएका कतिपय सुदूरपश्चिमवासी कामको खोजीमा पुनः भारत  पस्न थालेका छन् ।

प्रतिक्रिया