


तोलामै २ हजार ९ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं — नेपाली बजारमा सुनको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। आज सुनको मूल्य २ हजार ९०० रुपैयाँले बढेको हो।
नेपाल सुन- चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार २ हजार ९०० रुपैयाँले बढेर प्रतितोला सुनको मूल्य १ लाख ९२ हजार ७०० रुपैयाँ पुगेको छ।
सोमबार प्रतितोला सुनको मूल्य १ लाख ८९ हजार ८०० रुपैयाँ कायम भएको थियो।
सुनको मूल्य बढेसँगै चाँदीको भाउ पनि बढेको छ। चाँदी प्रतितोला ५५ रुपैयाँले बढेको हो।
महासंघका अनुसार चाँदी प्रतितोला २ हजार ४५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ।

