१२ घर जलाएर भागेका राकेश २० वर्षपछि पक्राउ


महोत्तरी- महोत्तरीको लोहारपट्टी-४ स्थित साविक खुट्टा पिपराढी-६ मा १२ घरमा आगो लगाएर फरार व्यक्ति २० वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही ठाँउका ४० वर्षीय राकेश यादव रहेका महोत्तरी प्रहरीले जनाएको छ ।

घरमा आगो सल्काउँदै गएपछि २०६१ सालमा पिपराढीका १२ घर पूर्ण जलेर नष्ट भएको थियो । २०७५ पुस १६ गते सर्वोच्चले आगोलागी कसुर मुद्दाका प्रतिवादी यादवलाई दोषी ठहर गर्दै ७ वर्ष कैदको सजाय सुनाएको थियो ।

पक्राउ परेका यादवलाई आवश्यक कारबाहीको लागि सोमबार जिल्ला अदालत महोत्तरीमा हाजिर गराइएको छ ।

प्रतिक्रिया