बैतडीमा श्रीमानले श्रीमतीलाई हाने चक्कु


बैतडी- बैतडीमा श्रीमानले आफ्नै श्रीमतीमाथि चक्कु प्रहार गरेका छन् । जिल्लाको दोगडाकेदार–२ कफलकोटका ३४ बर्षीय महेश महराले आफ्नी श्रीमती ३२ वर्षीया वसन्ती महरामाथि चक्कु प्रहार गरेका हुन् ।

आइतबार अपरान्ह घरको आगनमा गहुँ चुट्ने क्रममा वसन्तीमाथि महेशले चक्कु प्रहार गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक नन्दराज जोशीले जानकारी दिए ।

चक्कु प्रहारबाट वसन्तीको कम्मरमा चोट लागेको थियो । जिल्ला अस्पतालमा उपचारपछि आइतबार साँझ नै वसन्ती डिस्चार्ज भइसकेकी छन् ।

श्रीमतीमाथि चक्कु प्रहार गर्ने महेशलाई प्रहरीले आइतबार नै नियन्त्रणमा लिइसकेको र घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक जोशीले बताए ।

प्रतिक्रिया