एकल महिलामाथि बलात्कार, त्यसकै भिडियो बनाएर ‘ब्ल्याकमेल’


काठमाडौं- रूपन्देहीमा  एकल महिलालाई जबरजस्ती करणी गरेको भिडियो खिचेर ब्ल्याकमेल गरेको आरोपमा एक निर्माण व्यवसायी  पक्राउ परेका छन् ।

बुटवल उपमहानगरपालिका-११ का सिद्धार्थ गुरुङलाई रूपन्देही प्रहरीले पक्राउ गरेको हो । उनीमाथि लुम्बिनी सांस्कृतिक नगरपालिका निवासी एक महिलाको घरमै गएर जबरजस्ती करणी गरि भिडियो खिचेर आफूले भनेअनुसार नगरे सार्वजनिक गरिदिने धम्की दिएको आरोप छ ।

पटक पटक करणी गरी आफ्नो ५ करोडको सम्पत्तिसमेत लगेको ती महिलाले दाबी गरेकी छन् । गुरुङले सुरुमा ती महिलालाई दिदीको नाता लगाएर नजिकिएका थिए ।

पक्राउ परेको गुरुङ प्रहरी हिरासतमा नभई सिद्धार्थ सिटी अस्पतालमा बसेका छन् । गुरुङको अप्रेशन भएका कारण चिकित्सकको सिफारिसअनुसार उनी अस्पताल भर्ना भएका छन् ।

 

प्रतिक्रिया