गस्तीमा रहेका असईमाथि कुटपिट


स्याङ्जा- स्याङ्जाको वालिङमा गस्तीमा रहेका प्रहरी असई माथि कुटपिट गर्ने दुई युवालाई प्रहरीले पक्राउ गरेको छ । वालिङ नगरपालिका–१३ मा रहेको थुमपोखरा प्रहरी चौकीका इन्चार्ज असई मोहन सिंहमाथि राति १० बजे कुटपिट भएको प्रहरीले जनाएको छ ।

कुटपिटमा संलग्न रहेको आरोपमा वालिङ नगरपालिका–१२ का काजी गुरुङ र सुदीप गुरुङलाई पक्राउ गरिएको छ ।

गस्तीमा रहेको बेला युवाहरूको समूहले प्रहरीमाथि आक्रमण गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए । घाइते सिंहको टाउकोमा चोट लागेको छ । उनको पोखरा गण्डकी मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचार भइरहेको रानाले बताए ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

 

प्रतिक्रिया