भोजपुरमा ७ वर्षीया बालिकामाथि बलात्कार


काठमाडौं- भोजपुरमा बलात्कार आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा षडानन्द नगरपालिका–१, खोवाचाका ३० वर्षीय अमृत मंग्राती छन् ।

७ वर्षीया एक बालिकाको बलात्कार गरेको उनीमाथि आरोप छ । शनिबार (हिजो) बिहान उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

यही वैशाख ११ गते दिउँसो ती बालिकाको बलात्कार गरिएको भन्ने उजुरीपछि खटिएको प्रहरी टोलीले मंग्रातीलाई नियन्त्रणमा लिएको हो ।

घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया