अर्थ सचिवको जिम्मेवारी मधु मरासिनीलाई


सरकारले अर्थ सचिवमा मधु मरासिनीलाई सरुवा गर्ने पनि निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद्को  बैठकले सो निर्णय गरेको सरकारकी प्रवक्ता तथा सञ्चार तथा सूचनामन्त्री रेखा शर्माले जानकारी दिइन् ।

पेमेन्ट गेटवे अनियमितता प्रकरणमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा परेपछि उनी निलम्बनमा परेका थिए । तर, अदालतले उनलाई सफाइ दिएपछि उनको निलम्बन फुकुवा भएको थियो ।

प्रतिक्रिया