

आज घट्यो सुनको भाउ

काठमाडाैं- शुक्रबार सुनको भाउमा गिरावट भएको छ । आज सुन प्रति तोला ११ सय रुपैयाँले घट्दा चाँदीको भाउ भने स्थिर रहेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोला एक लाख ३५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी तेजाबी सुन प्रति तोला एक लाख ३४ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदी प्रति तोला एक हजार ६ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

