काठमाडौंका यी स्थानमा भोलिदेखि चार घण्टा विद्युत् अवरुद्ध हुने


काठमाडौं – काठमाडौंका विभिन्न स्थानमा आइतबारदेखि दैनिक चार घण्टा विद्युत् अवरुद्ध हुने भएको छ।

विद्युतीय वितरण लाइन भूमिगत गर्ने कार्यका लागि विद्युत् कटौती गर्न लागेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।

प्राधिकरणले कुशेश्वर वितरण केन्द्र, कीर्तिपुर वितरण केन्द्र र जोरपाटी वितरण केन्द्रहरू अन्तर्गतका लाइनहरूमा विद्युत् अवरुद्ध हुने जनाएको हो ।

यी क्षेत्रमा वैशाख २३ देखि २८ गतेसम्म बिहान ११ बजे देखि दिउँसो ३ः०० बजेसम्म विद्युत् आपूर्ति बन्द हुने छ ।

प्रतिक्रिया