दुई सय रुपैयाँले बढ्यो सुनको मूल्य


काठमाडौं- नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको जानकारी दिएको छ । महासंघले आजको मूल्यसूची तय गर्दै हिजो आइतबारको तुलनामा तोलामा २०० रुपैयाँले बढेको जानकारी दिएको हो ।

यससँगै आज छापावाल सुनको मूल्य तोलामा १ लाख ३५ हजार ६०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३४ हजार ९५० रुपैयाँ कायम छ । हिजो आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ३५ हजार ४०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३४ हजार ७५० रुपैयाँ थियो ।

यस्तै आज चाँदीको मूल्य समेत बढेको छ । महासंघले आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको जनाएको छ । यससँगै आज चाँदीको मूल्य प्रतितोला १६६० रुपैयाँ कायम छ । हिजो १६ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया