महालक्ष्मी बैंकका अध्यक्ष तथा संचालकले लिए सपथ


काठमाडौं – महालक्ष्मी विकास बैंकका अध्यक्ष राजेश उपाध्याय सपथ लिएका छन ।  नेपाल राष्ट्र बैंकमा आयोजित एक समारोहबीच अध्यक्ष उपाध्यायलाई डेपुटी गभर्नर डा.निलम ढुंगाना तिम्सिनाले पद तथा गोपनियताको सपथ गराएकी हुन् । साथै संचालक पदमा निर्वाचित भएकाहरुलाई पनि सपथ खुवाइएको बैंकले जनाएको छ।

सञ्चालक समितिको ५१८औं राजेश उपाध्यायलाई सञ्चालक समितिको बैठकले अध्यक्षमा सर्वसम्मत चयन गरेको थियो । फागुन १३ मा भएको साधारणसभाबाट संस्थापक समूहबाट राजेश उपाध्याय, संजय गिरि, दिपककुमार रौनियार निर्वाचित भएका थिए। सर्वसाधरण समूहबाट श्यामसुन्दर रुगटा, राहुल अग्रवाल र रुपेन्द्र पौडेल निर्वाचित भएका थिए।

 

प्रतिक्रिया