भारतले आफ्ना नागरिकलाई भन्यो– तत्काल आजै राजधानी किभ छोड्नू


एजेन्सी – भारत सरकारले आफ्ना नागरिकहरुलाई आजै (मंगलबार) राजधानी किभ छोड्न अनुरोध गरेको छ।

रुसी फौज युक्रेनका मुख्य सहर हमला गर्दै फेरि राजधानीतर्फ बढिरहेका विवरण सार्वजनिक भइरहेका बेला एउटा ट्राभल एडभाइजरी जारी गर्दै भारतले आफ्ना नागरिकलाई तत्काल आजै राजधानी किभ छोड्न अनुरोध गरेको हो।

‘रेल वा अन्य उपलब्ध अन्य माध्यमाफर्त तत्काल आजै’ किभ छोड्न सरकारले अनुरोध गरेको छ। ‘विद्यार्थीहरूसहित सबै भारतीय नागरिकहरूलाई आज तुरुन्तै किभ छोड्न सल्लाह दिइन्छ। विशेषतः उपलब्ध रेल वा अन्य उपलब्ध माध्यममार्फत,’ युक्रेनस्थित भारतीय दूतावासले ट्वीट गरेको छ।

प्रतिक्रिया