देशभर थप २७५ जनामा कोरोना पुष्टी, ५५५ जना संक्रमणमुक्त


काठमाडौं — पछिल्लो २४ घण्टामा देशभर २७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको विवरणअनुसार पीसीआर परीक्षणबाट १५८ जना र एन्टिजेन परीक्षणबाट ११७ जना संक्रमित थपिएका छन् ।

२४ घण्टामा पीसीआर ५ हजार ४५२ र  ३ हजार १७६ एन्टिजेन गरी ८ हजार ६२८ कोराना परीक्षण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस विवरणमा एसएमएस तथा इमेलबाट आएका एन्टिजेन परीक्षणका रिपोर्ट पनि समावेश गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

५५५ जना कोरोनामुक्त भएका छन् । कोरोनाबाट २४ घण्टामा १ जनाको मृत्यु भएको छ ।

अहिले देशभर सक्रिय संक्रमितको संख्या ९ हजार २८० रहेको छ ।

प्रतिक्रिया