बन्दी रिहा र मुद्दा फिर्ता लिए चुनावमा भाग लिन्छौंः विप्लव


काठमाडौं –  गृहमन्त्री बालकृष्ण खाण र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’बीच भेटवार्ता भएको छ । भेटमा  स्थानीय तह निर्वाचनमा सहभागिताबारे कुरा भएको छ।

नेता प्रकाण्डले आफूहरू निर्वाचनमा सहभागी हुन सकारात्मक रहेको बताएका थिए। निर्वाचनमा सहभागिताका लागि विभिन्न आरोपमा जेलमा रहेका पार्टीका नेता कार्यकर्ता रिहा र मुद्दा फिर्ता लिनु पर्ने माग  नेकपाले राखिरहेको छ।  यही विषयमा पटक–पटक भएका वार्ता सकारात्मक रहेकाले सहमतिको अन्तिम चरणमा पुगेको दुवै पक्षले बताएका छन्।

विप्लव नेतृत्वको नेकपा नेताहरुले प्रधानमन्त्री सहित सत्तारुढ दलका नेताहरुलाई नियमित भेटिरहेका छन्। त्यस भन्दा अघिदेखि नै प्रधानमन्त्री सहित सत्तारुढ दलका नेताहरुलाई भेट्दै आएका हुन्।

नेकपा महासचिव विप्लवले गत बुधबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका थिए । लगत्तै सचिवालय सदस्य हेमन्तप्रकाश ओली र धर्मेन्द्र बास्तोलाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’लाई भेटेका थिए। नेता कार्यकर्ता जेलमा हुने मुद्धा बोकेर कार्यकर्ता हैरानी हुने नेताहरु चुनावमा भाग लिँदा सहज नहुने भन्दै सम्बोधन गर्न आग्रह गरेका हुन्।

प्रतिक्रिया