डब्ल्युएचओका महानिर्देशक नेपाल आउँदै


काठमाडौं – विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)का महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयसस तीनदिने भ्रमणका क्रममा नेपाल आउने भएका छन् ।

डा. टेड्रोस तथा डब्ल्युएचओका दक्षिण एसिया निर्देशक तथा यूएनका सदस्य राष्ट्रहरूसँगको सहकार्य र सहयोग प्रणाली विभागका निर्देशकसहितको टोली डा. यही वैशाख ८ गते नेपाल आइपुग्नेछ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपाल भ्रमणका सो टोलीले प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा. नारायण खड्का, स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडालगायत व्यक्तिसँग भेट्ने कार्यक्रम छ ।

प्रतिक्रिया