नुवाकाेटमा त्रिशुली गइरहेकाे बस दुर्घटना, ८० जना घाइते


नुवाकाेट – नुवाकोटको किस्पाङ गाउँपालिका वडा नम्बर ६ मा आज आइतवार बस दुर्घटना हुँदा ८० जना घाइते भएका छन् ।

किट्नेबगरबाट त्रिशुली गइरहेकाे प्रदेश ३-०१००६ ख १५४१ नम्बरको बस दुर्घटना हुँदा घाइते भएकामध्ये १७ जनाको काठमाडाैं र सात जनाको त्रिशूली अस्पतालमा उपचार चलिरहेको छ ।

बाँकी घाइते सामान्य उपचारपछि घर फर्किएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ । क्षमताभन्दा धेरै यात्रु र अप्ठ्यारो सडकका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया