ललितपुरको बागडोलमा बस दुर्घटना, ८ जना घाइते


ललितपुर – ललितपुरको बागडोलमा बस पल्टिँदा आठ जना घाइते भएका छन् । बा ३ ख २७ १८ नम्बरको बस पल्टिँदा आठ जना घाइते भएका हुन् ।

घाइतेहरूको ललितपुर र काठमाडाैंको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । भक्तपुरबाट बल्खु जाँदै गरेको बस दुर्घटना भएको हो । दुर्घटनाको कारण भने खुलेको छैन ।

प्रतिक्रिया