भालुको पित्तसहित एक पक्राउ


काठमाडौं – प्रहरीले काठमाडौंबाट भालुको पित्तसहित एक जनालाई पक्राउ गरेको छ।

केन्द्रीय अनुसन्धान ब्युरोले लमजुङ दोर्दी गाँउपालिका-८ खिन्चोक बस्ने ३५ वर्षीय मनबहादुर सिलुवाल क्षेत्रीलाई बिहीबार पक्राउ गरेको प्रहरी उपरीक्षक (एसपी) श्यामकुमार महतोले जानकारी दिए।

उनका अनुसार क्षेत्रीले टोखा नगरपालिका-९ आनन्द टोलबाट भालुको पित्तसहित पक्राउ गरेको हो।

अवैध रूपमा ओसारपसार तथा बेचबिखन गर्न ल्याएको छ भन्ने सूचनाको आधारमा खटिएको टोलीले क्षेत्रीलाई पक्राउ गरेको हो।

कारबाहीको लागि शुक्रबार डिभिजन वन कार्यालय हात्तीसार पठाइएको छ।

प्रतिक्रिया