डोटीमा बस दुर्घटना : ३० जना घाइते, ६ काे अवस्था गम्भीर


डाेटी – बस दुर्घटना हुँदा ३० जना घाइते भएका छन् ।

कैलालीको अत्तरियाबाट बाजुराका लागि छुटेको सु.प.प्र. ०१००१ ख ३१०८ नम्बरको बस पूर्वीचौकी गाउँपालिका ४ सानागाउँमा बिहीबार बिहान ५ बजे दुर्घटनामा परेको हो ।

प्रहरी उपरीक्षक शारदाप्रसाद चाैधरीका अनुसार बस सडकबाट करिब २० मिटर तल खसेकाे छ । घाइतेमध्ये ६ जनालाई जिल्ला अस्पताल डाेटी पुराएर उपचार भइरहेकाे छ । अन्य घाइतेहरूकाे अवस्था सामान्य रहेकाे छ ।

प्रतिक्रिया