देशभर थप ४३७ जनामा कोरोना पुष्टी, २४५४ संक्रमणमुक्त


काठमाडौं – नेपालमा गत २४ घन्टामा ४३७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ९ हजार ९१ नमुना परिक्षणमा उक्त संख्यामा कोरोना पोजेटिभ देखिएको हो ।

मन्त्रालयका अनुसार गत २४ घन्टामा २४५४ जना कोरोनामुक्त भएका छन् भने २ जनाको मृत्यु भएको छ ।

नेपालमा गत २४ घन्टामा १ लाख ३४ हजार ८ सय ६७ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

प्रतिक्रिया