देशभर थप ५२९२ जनामा कोरोनासंक्रमण, ८१९१ जना कोरोनामुक्त


काठमाडौं – नेपालमा पछिल्लो २४ घन्टामा ५२९२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घन्टामा गरिएको १६ हजार ८८ जनाको परिक्षणमा उक्त संख्यामा कोरोना पुष्टी भएको जनाइएको छ ।

मन्त्रालयका अनुसार गत २४ घन्टामा ८ हजार १९१ जना कोरोनामुक्त भएका छन् भने ८ जनाको कोरोनाकै कारण ज्यान गएको छ ।

मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर ३ लाख ६६ हजार ६ सय ३ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । अहिलेको अवस्थामा नेपालमा ७९ हजार २ सय ७२ जना सक्रिय संक्रमित रहेको पनि मन्त्रालयले जनाएको छ ।

No photo description available.

 

प्रतिक्रिया