खाल्डाेमा गाडिएकाे अवस्थामा दुई जनाकाे शव फेला


माेरङ – मोरङको धनपालथान गाउँपालिका ७ कमलपुर नजिकैको उखुबारीमा दुई जनाको शव भेटिएकाे छ ।

२० देखि २५ मिटरको दुरीमा दुई वटा खाल्डोमा गाडिएको अवस्थामा दुई जनाको शव भेटिएकाे जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । शव कसकाे हो भन्नेबारे भने खुलेको छैन ।

अहिले तालिम प्राप्त कुकुरसहितको अनुसन्धान टोली पनि घटनास्थलमा पुगेको छ । शवको प्रकृति हेर्दा हत्या गरी गाडेको हुन सक्ने प्रहरीले बताएको छ ।

प्रतिक्रिया